नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको शेयर सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट भएको आठ दिनभित्रमा नै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले आईपीओ बाँडफाँट गरेको सेयर सबैभन्दा छिटो अवधि अर्थात् आठदिन भित्रमा नै नेप्सेमा सूचीकृत गरेर नयाँ रेकर्ड कायम गरेको छ। कम्पनीले गत मंसिर १९ गते आईपीओ बाँडफाँट गरेको थियो ।जसमा कुल १ लाख १४ हजार ८०० जनाले १० कित्ताका दरले सेयर पाएका थिए ।

नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि न्यूनतम ७६।८१ रुपैयाँदेखि अधिकतम २३०।४३ रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्मको ओपनिङ रेन्ज तोक्ने गरेको छ ।

कम्पनीको स्टक सिम्बोल एमकेसीएल रहेको छ । कम्पनीका दोस्रोबजारमा सेयर कारोबार बिहीबारदेखि हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री