९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ७३ वर्षीय सारू पक्राउ

तनहुँ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–७ सेराडी बस्ने ७३ वर्षीय रन बहादुर सारूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सारूले ती बालिकालाई आफ्नै घरको कोठामा विभिन्न प्रलोभनमा पारी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री