बेलायत पुगेको चार दिनमै नेपाली विद्यार्थीको निधन

काठमाडौँ । बेलायतमा एक नेपाली महिलाको निधन भएको छ । चार दिनअघिमात्रै विद्यार्थी भिसामा बेलायत पुगेकी स्याङ्जा बिरुवा-४, ओरस्टेकी कमला गुरुङको आइतबार निधन भएको हो ।

बीपीपी यूनिभर्सिटी वेष्ट लण्डनमा मास्टर्स गर्न पुगेकी ३१ वर्षकी कमलालाई डिसेम्बर ३ तारिख बिहान पेट दुख्ने, वान्ता र दिसा लागेपछि घरमै तातोपानी खुवाएर राखिएको थियो ।

दिउसो ३ बजेतिर सिकिस्त भएपछि एम्बुलेन्स बोलाएर रेडिङस्थित रोयल बर्कसायर अस्पतालको इमर्जेन्सी लगियो । तर साँझ ८ बजेतिर अस्पतालका ‘इन्टरप्रेटर’ ले उनको काइँला बाबालाई कल गरेर कमला बितेको खबर दिएका थिए ।

त्यसपछि रेडिङमै बस्ने मिडियाकर्मी विषन गुरुङले गैरआवासीय नेपाली संघ बेलायत (गाहामगर समूह) अध्यक्ष प्रेम गाहामगरलाई ९ बजे फोन गरेर सहयोगका लागि अपिल गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्वास्थ्यमन्त्री : स्वास्थ्य क्षेत्र सुधार प्रक्रिया अघि बढाएका छौं

काठमाडाै । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक डा. गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका …

प्रतिकृया दिनुहॊस