कपिल र सुनिलको पुनर्मिलन, अब नयाँ शो नेटफ्लिक्समा आउने

काठमाडौँ । आफ्नो कमेडीबाट देशका दर्शकमाझ आफ्नो पहिचान बनाएका कपिल शर्मा अहिले आफ्नो आगामी कमेडी शोलाई लिएर चर्चामा छन् ।

कपिलले वर्षौंदेखि टिभीमा आफ्नो समूहसँग ‘द कपिल शर्मा शो’ मार्फत मानिसहरूलाई हसाउदै आएका छन् । ‘द कपिल शर्मा शो’ को चौथो सिजन यसै वर्ष जुलाईमा सकिएको थियो । यस पछि, दर्शकहरु कमेडियन शो को अर्को सिजनको लागि उत्सुकतापूर्वक पर्खिरहेका थिए ।

हालै कपिलले आफ्नो अर्को शो घोषणा गरेका छन् । तर कपिलले आफ्नो नयाँ शो को घोषणा गर्दा सबैलाई चकित पनि बनाएका छन् । नयाँ शोमा कपिल शर्मा र सुनिल ग्रोवर फेरि एकपटक आउने भएका छन् ।

कपिल शर्माको नयाँ कमेडी शोको भिडियो अहिले भाइरल भइरहेको छ, जसमा कमेडियनले परिवार होइन घर परिवर्तन भएको बताएका छन् । नयाँ शोको घोषणा गरेको भिडियोमा कपिल र सुनिलसँग अर्चना पूरन सिंह, कृष्णा अभिषेक, किकु शारदा र राजीव ठाकुरसँग देखिएका छन् । यो शो भने अब नेटफ्लिक्समा आउने भएको छ ।

नेटफ्लिक्सले हालै जारी गरेको भिडियोमा कपिलले आफ्ना फ्यानहरूलाई अहिलेसम्मकै सबैभन्दा ठूलो र विशेष उपहार दिए । सुनिल ग्रोवर नेटफ्लिक्समा आगामी कमेडी शोको लागि कपिलसँग पुन: मिलन गर्नेछन् ।

कपिल शर्माको यो प्रोमोले दर्शकको निकै तारिफ पाइरहेको छ र भाइरल समेत भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेरो इमान्दारिता र ब्रान्ड ध्वस्त भयो : सुरजसिंह ठकुरी

काठमाडौं । कान्तिपुर टेलिभिजनमा प्रसारण हुने ‘इट्स माइ शो’मा प्रसारण भएको पछिल्लो एपिसोड विवादमा तानिएको …

प्रतिकृया दिनुहॊस