स्वदेश फर्किँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार स्वदेश फर्किँदै छन् । दुवईमा आयाेजना भएकाे जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८ औं सम्मेलन (कोप २८) मा सहभागी भइ प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्किन लागेका हुन् ।

शनिबार उनले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-२८)को कन्फ्रेन्स अफ पार्टिजलाई सम्बोधन गर्दै विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्यप्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवं हानिकारक असर भोगिरहेको बताएका थिए । साथै उनले आफू तीन करोड नेपालीको सन्देश लिएर यस सम्मेलनमा सहभागी भएको उल्लेख गर्दै उनले विश्वव्यापी रुपमा बढ्दो तापक्रमले हाम्रा हिमाललाई यातना दिइएको पनि बताएका थिए ।

सम्मेलनकाे क्रममा प्रधानमन्त्री दाहालले विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्तासमेत गरेका थिए । प्रधानमन्त्री दाहालकाे प्रतिनिधिमण्डलमा उनकी छोरी गंगा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो र नेपाल सरकारका अन्य अधिकारीहरू पनि छन् । कोप २८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल मंसिर १३ गते दुवई प्रस्थान गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मनसुन सक्रिय भएन, अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ । यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा …

प्रतिकृया दिनुहॊस