९ प्रतिशतले घट्यो इन्धन आयात

काठमाडौँ । चालु आर्थिक वर्षको चार महिनामा पेट्रोलियम पदार्थको आयात नौ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि कात्तिकसम्म ८८ अर्ब ९८ करोड ४४ लाख २२ हजार रुपियाँको आठ लाख किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मटितेल, ग्यास र हवाई इन्धन) आयात भएको हो ।

गत वर्ष सो अवधिमा ९८ अर्ब २७ करोड ९९ लाख ६६ हजार रुपियाँको इन्धन आयात भएको थियो । गत वर्षको तुलनामा चालु आवको चार महिनामा १० अर्ब रुपियाँको इन्धन कमी आएको छ । बजारमा इन्धनको खपत कम हुँदा आयातमा कमी आएको तथ्याङ्कले देखाएको छ । नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले पछिल्लो समय मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण विकास निर्माणको काम कम हुँदा इन्धनको खपतमा कमी आएको जानकारी दिए । औद्योगिक प्रयोजनमा २५ देखि ३० डिजेल खपत हुने गरेको निगमको भनाइ छ ।

पछिल्लो समय आर्थिक सङ्कटका कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । व्यवसायीका अनुसार आर्थिक मन्दीका कारण ३० देखि ४० प्रतिशत उद्योग मात्र पूर्ण क्षमतामा सञ्चालन भएका छन् । खाना पकाउने एलपी ग्यासको समेत खपत घटेको छ। विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपत कमी भएको निगमको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होटलमा २ दिनसम्म थुनेर नाबालिगमाथि सामूहिक बलात्कार

रूपन्देही । बाँकेको कोहलपुरको एक होटलमा लगेर २ दिनसम्म बन्धक बनाई एक नाबालिगलाई सामूहिक बलात्कार …

प्रतिकृया दिनुहॊस