घरको डाक्टरको निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श (भिडियो)

काठमाडौं। घरसँग सम्बन्धित बिभिन्न जग खन्ने देखि घर निर्माण र समस्या समाधान सेवाहरू( दिँदै आएको स्किल सेवाले घर निर्माण सम्बन्धी निशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दैछ।

विगत ५ बर्ष देखि घर र घरकै समस्याहरूको स्रोत पहिचान र समस्या समाधानमा काम गर्दै अइरहेको यस कम्पनीले अफ्ना ३ शाखाहरू समेत बाट ४० हजार भन्दा बढी समस्या भएको घरहरूमा अफ्ना सेवा प्रदान गरीसके पश्चात, समस्या रहित घर के कसरी निर्माण गर्न सकिन्छ, घर बनाउनु पूर्व के-कस्ता कुरामा ध्यान दिने , अवश्यक कागजात र प्रक्रियाहरू समेतको बिस्तृत जानकारी दिने गरी कम्पनीको सामाजिक उत्तरदायित्व स्वरूप निशुल्क परामर्श कार्यक्रमको अयोजन गरिएको हो ।

हरेक हप्ताको शनिबार बिहान ८ बजे देखि दिउँसो ४ बजे सम्म कम्पनीको मूख्य कार्यालयमा निशुल्क परामर्श कार्यक्रम हुने कम्पनीका सिइओ रमेश तिमिल्शिनाले बताए । देशका प्रमुख शहरहरू पोखरा,चितवन र बुटवलबाट समेत सेवा दिँदै आएको स्किल सेवाले कार्यक्रम मार्फत सर्वसाधारणलाई घर बनाउँदा समस्या रहित, दिगो, सुरक्षित कसरी बनाउने भन्ने बारेमा विशेष परामर्श दिन लागेको जानकारी दिएको छ।

घर बनाउँदा ध्यान दिनुपर्ने कुराहरु, निर्माणका क्रममा हुने कमीकमजोरी एवम् प्रक्रियागत त्रुटीका बारेमा ध्यान नदिँदा घरमा विभिन्न किसिमका जोखिम आउने, अफनो लगानी समेत खेर जान सक्ने र निर्माण पश्चात सहजै बिक्री समेत नहुने गरेको उनको भनाई छ। यसको लागि घर निर्माण गर्नुअघि प्राविधिकको परामर्श लिनु उचित हुने उनले बताए।

जग्गा छनौट, नक्सा पास, निर्माण कार्यको जिम्मा, निर्माण सामग्री छनौट, निर्माण सामग्रीको गुणस्तर आदि जस्ता सामान्य तर संवेदनशील कुरामा ध्यान दिनु अति आवश्यक रहेको उनले जानकारी दिए। जीवन भरको मेहनतको कमाईले घर निर्माण गरिने र घर बनेको केही महिना नबित्दै घरमा सिपेज, भित्ता चर्किने, पेन्ट उप्कने आदि जस्ता विविध समस्या देखिने गरेकाले यसबारे उपभोक्तालाई विस्तृत जानकारी तथा परामर्श दिन लागेको कम्पनीका प्रबन्धक रमेश तिमिल्सिनाले बताए।

उनले घर निर्माण गर्ने योजना भएका वा घर निर्माण गरिरहेकाहरुले यस कार्यक्रमबाट फाइदा लिन सक्ने पनि जानकारी दिए। रमेशले भने, ‘प्राविधिकसँग परामर्श लिएर घर निर्माण गर्दा हामी सुरक्षित र दिगो घर निर्माण गर्न सक्छौं। साथसाथै प्रक्रियागत त्रुटीसमेत नहुने भएकाले समस्यारहित घर निर्माण गर्न सकिन्छ । यसका अतिरिक्त प्राकृतिक विपद, हावाहुरी, घामपानीबाट पनि घर सुरक्षित बन्ने गर्दछ ।

यस कार्यक्रमको लाभ लिन चाहनुहुने घरधनीहरूले हरेक हप्ताको बिहिबार अगाबै कम्पनीको वेबसाइट अथवा सम्पर्क नम्बरमा सम्पर्क गरी समय लिन सक्नुहुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेल एपमा अब पुलिस रिपोर्टको सुविधा

काठमाडौं । एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखि अर्को नयाँ सुविधा थपेको छ …

प्रतिकृया दिनुहॊस