गौशाला अशान्त, आचार्य श्रीनिवाससहित १० जना पक्राउ

काठमाडौँ । गौशालामा दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’मा सहभागी प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिएको हो ।

प्रदर्शनस्थलबाट आफूलाई युवासन्त र ‘धर्मगुरु’ बताउने आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ । श्रीनिवास सहित १० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । श्रीनिवास त्रिशुल लिएर सड्कमा निस्केको र अराजक अभिव्यक्ति दिएको आरोप छ ।

गौशालामा ४ सेल अश्रुग्याँस प्रहार गरिएको छ । यसअघि आचार्य श्रीनिवास धार्मिक तथा साम्प्रदायिक सद्भाव भड्काउनेगरी अभिव्यक्ति दिएको आरोपमा गत असोज १६ गते पक्राउ परेका थिए । सुनसरीबाट प्रकाउ परेका उनलाई प्रहरीले दुई दिनपछि ५ सय धरौटीमा रिहा गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

परराष्ट्रमन्त्री आरजुलाई फूलमालाले स्वागत गर्न कांग्रेसको सर्कुलर

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको गृह जिल्ला डडेल्धुरा जाने भएकी छन् । काङ्ग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी राणालाई गृह जिल्लामा भव्य स्वागतको तयारी गरिएको छ । नेपाली काँग्रेस डडेलधुराले देउवाको स्वागतका लागि उपस्थित हुन उर्दी जारी गरिसकेको छ ।

प्रतिकृया दिनुहॊस