नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक बीच सम्झौता

काठमाडाैं ।नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक  बीच नयाँ जनशक्तिको लागि विज्ञापन गर्दा दरखास्त शुल्क अनलाइन प्रविधिबाट  भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको समुपस्थितिमा भएको सम्झौतापत्रमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पिताम्बर भण्डारी र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात नेपाल राष्ट्र बैंकले निकट भविष्यमा नयाँ जनशक्ति भर्नाको लागि माग गर्ने विज्ञापनमा आवेदन गर्दा दरखास्त फारम अनलाइन प्रविधि मार्फत भर्नुपर्ने र सो को दरखास्त शुल्क राष्ट्रिय वाणिज्य बैंकको इन्टरनेट बैंकिङ्ग वा मोवाइल बैंकिङ्ग अथवा इसेवा डिजिटल सेवा मार्फत राष्ट्रिय वाणिज्य बैंकमा रहेको नेपाल राष्ट्र बैंकको खातामा सिधै रकम जम्मा हुनेछ ।

बैंकको हाल २०७ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका विभागीय प्रमुख देवेशप्रसाद लोहनी, नेपाल राष्ट्र बैंकका  तर्फबाट निर्देशक गुरुप्रसाद पौडेल लगायतको उपस्थिती  रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री