महालक्ष्मी विकास बैंकको चिप प्रणालीमा आधारित EMV महालक्ष्मी VISAडेबिट कार्ड सञ्चालनमा

काठमाडाैं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहक वर्गका लागि चिप प्रणालीमा आधारित EMV महालक्ष्मी भिजा डेबिट कार्ड सार्वजनिक गरेको छ । कार्ड सम्बन्धी कारोबारलाई अझ सुरक्षित, विश्वसनीय तथा सहज बनाउँदै कार्डबाट हुने कारोबारको जोखिम न्यूनीकरण गर्ने उद्देश्य बमोजिम चिप प्रणालीमा आधारित  VISA  डेबिट कार्ड सञ्चालनमा ल्याइएको हो ।

यस अघि बैंकले आफ्ना ग्राहकहरुका लागि पारम्परिक Magnetic Stripe   प्रविधिका  VISA  डेबिट कार्ड उपलब्ध गराउँदै आएको थियो ।

चिपमा आधारित कार्ड विश्व स्तरीय रहेको र यस कार्डको प्रयोग गर्नाले सम्भावित जोखिमहरु धेरै न्यून गर्न सकिने कुरालाई मध्यनजर गर्दै यस बैंकले चिप प्रणालीमा आधारित महालक्ष्मी ख्क्ष्क्ब् डेबिट कार्ड सञ्चालनमा ल्याएको हो ।

बैकले आगामी दिनहरुमा आफ्ना ग्राहकहरुसँग रहेका सम्पूर्ण  Magnetic Stripe  प्रविधिका VISA डेबिट कार्डलाई चिप प्रणालीमा आधारित  EMV महालक्ष्मी  VISA डेबिट कार्डले प्रतिस्थापना गर्ने योजना बनाएको छ ।

यसका अतिरिक्त यस बैंकले निकट भविष्यमा संसारको जुनसुकै ठाउँबाट सुरक्षित बैकिङ्ग कारोबार गर्न सकिने चिप प्रणालीमा नै आधारित डलर डेबिट कार्ड सञ्चालनमा ल्याउने खुलासा गरेको छ । यस्ता उपकरणहरु मार्फत प्रदान गरिने बैकिङ्ग सेवा–सुविधा अझ प्रभावकारी हुने व्यहोरा बैंकले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आज यस्तो छ घटबढ भइरहेको सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ …

प्रतिकृया दिनुहॊस