कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा इन्जिनियर र डकर्मी सहितको टोली पठाउने

काठमाडौँ । नेपाली कांग्रेसले भूकम्पपीडित बस्ने टहरा बनाउन इन्जिनियर र डकर्मी सहित स्वयमसेवक टोली जाजरकोट र रूकुम पश्चिम पठाउने निर्णय गरेको छ । धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार जाजरकोट र रूकुम पश्चिममा भूकम्पपीडितलाई टहरा बनाउन २५ वटा स्वयमसेवक टोली पठाउने निर्णय हुनुका साथै प्रत्येक टोलीमा एक जना इन्जिनियर, एक जना डकर्मी र एक जना व्यवस्थापक पनि रहनेछन् ।

एउटा टोलीमा १० जनाका दरले स्वयमसेवक पठाउने निर्णय भएको उनले बताए । चिसोले गर्दा अहिलेसम्म १० जना भूकम्पपीडितको मृत्यु भइसकेको छ । कांग्रेसले चिसोले गर्दा भूकम्पपीडित समस्यामा परेको भन्दै टहरा निर्माणमा श्रमदान गर्ने निर्णय गरेको हो । प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार सुत्केरी र वृद्धवृद्धा रहेका परिवारको टहरा निर्माण कार्य प्राथमिकतामा राखिएको छ ।

साथै टहरा निर्माणका लागि दिने भनिएको राहत रकम छिटो उपलब्ध गराउन पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ । कांग्रेसले कूल एक हजार टहरा बनाउने तयारी गरेको उनले बताए । उनले भने ‘स्वयमसेवक पठाएर भूकम्पबाट अति जोखिममा परेको सुत्केरी र वृद्धवृद्धाका परिवारलाई टहरा बनाइदिन्छौँ, टहरा निर्माणका लागि पुगेका स्वयंसेवकका खर्च पार्टीले बेहोर्छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

परराष्ट्रमन्त्री आरजुलाई फूलमालाले स्वागत गर्न कांग्रेसको सर्कुलर

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको गृह जिल्ला डडेल्धुरा जाने भएकी छन् । काङ्ग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी राणालाई गृह जिल्लामा भव्य स्वागतको तयारी गरिएको छ । नेपाली काँग्रेस डडेलधुराले देउवाको स्वागतका लागि उपस्थित हुन उर्दी जारी गरिसकेको छ ।

प्रतिकृया दिनुहॊस