समबन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुष बढे

घोराही । देवानी तथा फौज्दारी संहिता लागू भएसँगै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुषको सङ्ख्या बढेको छ । दाङ जिल्ला अदालतको साढे दुई महीनाको तथ्याङकमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नेमा महिलाभन्दा पुरुषको सङ्ख्या धेरै देखिएको हो ।

अदालतका श्रेस्तेदार चुडामणि रेग्मीका अनुसार उक्त अवधिमा ६१ पुरुष र ५७ महिलाले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका छन् । यसअघि उक्त अदालतमा ११७ सम्बन्धविच्छेदका मुद्दा परेकामा ४६ मुद्दा फैसला भइसकेका छन् ।

संहिताबमोजिम पुरुषले पनि अदालतबाटै सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पाउने भएकाले पुरुषको सङ्ख्या बढ्न थालेको अदालतका मुख्य न्यायाधीश हेमन्त रावलले जानकारी दिए । सम्बन्धविच्छेदका मुद्दा बढ्नुमा पारिवारिक असमझदारी, वैदेशिक रोजगार, हतारको निर्णय, स्वतन्त्र रहन चाहनु नै रहेको उनले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यार्सा संकलनमा गएका चार जनाको लेक लागेर मृत्यु

काठमाडौं । बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ । …

प्रतिकृया दिनुहॊस