भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि

काठमाडौं । अस्ट्रेलियाले क्रिकेट विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा आयोजक भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले छैटौँ पटक विश्वकपको उपाधि जितेको हो ।

भारतले दिएको २४१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलियाको जितमा ट्राभिस हेडले शानदार १३७ रनको शतकीय पारी खेलेका थिए भने मार्नस लाबुसचाग्नेले अविजित ५८ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले ५० ओभरमा अलआउट हुँदै २४० रन बनाएको थियो । अस्ट्रेलियाले यस विश्वकपमा सुरुका दुई खेलमा हार बेहोरेपछि पछिल्ला आठ खेलमा अपराजित हुँदै फाइनलमा पुगेको थियो ।

अस्ट्रेलियाले योसहित छैटौँ पटक विश्वकपको उपाधि जितेको छ । यसअघि अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको थियो । यसअघि १९८३ र २०११ को विश्वकप जितेको भारत दोस्रो पटक उपविजेता बनेको छ । यसअघि २००३ को विश्वकपमा भारत उपविजेता बनेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल अभ्यास खेलमा अमेरिका ‘ए’सँग पराजित

काठमाडौं । अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिका ए टिमसँगको अभ्यास खेलमा पराजित भएको …

प्रतिकृया दिनुहॊस