[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]
काठमाडौँ । मंगलबारदेखि बेपत्ता भएका महोत्तरीको औरही नगरपालिका-२ का पाँच जना किशोरी फेला परेका छन् । प्रहरीकाअनुसार उनीहरू धनुषाको ढल्केबरमा फेला परेका हुन् ।
ती किशोरीहरूलाई स्थानीयले रोकेर प्रहरीलाई जिम्मा लगाएका थिए । उनीहरूलाई उनीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ । अभिभावक बोलाएर जिम्मा लगाउने प्रहरीको तयारी छ ।
औरही नगरपालिका-२ का १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा सम्पर्कविहीन भएका थिए ।
यो पनि : मंगलबार एकसाथ निस्केका महोत्तरीबाट ५ किशोरी घर फर्केनन्
तपाईंको प्रतिकृया




