मंगलबार एकसाथ निस्केका महोत्तरीबाट ५ किशोरी घर फर्केनन्

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । महोत्तरीबाट पाँच जना किशोरी बेपत्ता भएका छन् । गत मंगलबार दिउँसो एकैसाथ घरबाट निस्केका उनीहरू बेपत्ता भएका हुन् ।

महोत्तरीको औरही नगरपालिका-२ का १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । पाँचै जना किशोरी योजना बनाएरै निस्केको हुनसक्ने प्रहरीको अनुमान छ ।

एकजनाले हिजो आफ्नी आमालाई फोन गरेर चिन्ता नलिनु हामी सुरक्षित छौं भनेको बताइएको छ । त्यसपछि फेरि मोबाइल स्विच अफ छ । उनीहरू कुन लोकेसनमा छन् भन्ने थाहा हुन नसकेको र खोजी जारी रहेको प्रहरीको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नाबालिकालाई यौन कार्यमा लगाउने दुई महिला पक्राउ

काठमाडौं । आर्थिक लाभ लिएर नाबालिकालाई यौन कार्यमा लगाएको आरोपमा दुई महिला पक्राउ परेका छन् …

प्रतिकृया दिनुहॊस