फेरि घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य लगातार तेस्रो दिन घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज तोलामा ३०० रुपैयाँले घटेसँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार रुपैयाँ कायम थियो ।

मंगलबार तेजाबी सुनको मूल्य तोलामा १ लाख १४ हजार ४५० रुपैयाँ रहेकामा आज १ लाख १४ हजार १५० रुपैयाँ कायम भएको छ । तोलामा ३०० ले घटेसँगै सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट आएको छ ।

चाँदीको मूल्य समेत तोलामा २० रुपैयाँले घटेको छ । मूल्य घटेसँगै आज चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप