काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्षको वित्तीय विवरणहरुमाथि छलफल गरी लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत आर्थिक वर्षको अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्ताव सहितको वित्तीय विवरणहरु अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय पनि बैंकले गरेको छ ।
राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा सोसमेत समावेश गरी आगामी वार्षिक साधारण सभाबाट स्वीकृतिका लागि पेस गर्ने निर्णय बैंकले गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट गत वर्ष बैंकले ४ दशमलव ४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २३२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिकृया दिनुहॊस