भूकम्प पीडितलाई वाणिज्य बैंकको एक करोड सहयोग

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले जाजरकोट भूकम्पबाट पीडितहरुलाई एक करोड रुपैयाँ राहत सहयोग गरेका छ । बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत् पीडितहरुलाई सहयोग गरेको हो ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका बैंक संचालक समितिका सदस्यको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो । सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत् पीडितहरुलाई सहयोग उपलब्ध गराउन आव्हान गर्दै आएको छ ।

गत शुक्रबार मध्यरातमा गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा १५३ जनाको मृत्यु भइसकेको छ भने साढे ३ सय जना घाइते छन् । दुई जिल्लामा गरी १७ हजार ७ सयभन्दा धेरै घरहरू पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्राइम कमर्शियल बैंकको लाभांश घोषणा

काठमाडौं । प्राइम कमर्शियल बैंकले लाभांश घोषणा गरेको छ। बैंकको कात्तिक ११ गते बसेको संचालक …

प्रतिकृया दिनुहॊस