ज्योति विकास बैंकले गर्‍यो भूकम्प पीडितका लागि ५ लाख आर्थिक सहयोग

काठमाडौं । ज्योति विकास बैंकले भूकम्प पीडितका लागि ५ लाख सहयोग गरेको छ । कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भई गत शुक्रबार गएको भूकम्पबाट पीडितहरुको उद्धार तथा सहयोगार्थ बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोटसँगको समन्वयमा पीडितहरुलाई आर्थिक सहयोग गरेको हो ।

बैंकले जाजरकोट जिल्ला प्रशासन कार्यालयको भूकम्प प्रभावित राहत कोषमा रु. ५ लाख आर्थिक सहयोग गरेको विज्ञप्ति प्रकाशित गरी जनाएको छ । उक्त रकम बैंकका तर्फबाट जाजरकोट शाखाका शाखा प्रबन्धक वीरेन्द्र बहादुर ऐडीद्वारा जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई हस्तान्तरण गरिएको हो ।

बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्राइम कमर्शियल बैंकको लाभांश घोषणा

काठमाडौं । प्राइम कमर्शियल बैंकले लाभांश घोषणा गरेको छ। बैंकको कात्तिक ११ गते बसेको संचालक …

प्रतिकृया दिनुहॊस