जिएमई रेमिटद्वारा भूकम्प पीडितलाई ५ लाख सहयोग

काठमाडौं । जि.एम.ई. रेमिटले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई उद्दार तथा राहतवितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५ लाख रुपैंयाँ सहयोग गरेको छ ।

कम्पनीले मिति २०८० साल कार्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा भएको ठूलो जनधनको क्षति प्रति दु:ख व्यक्त गर्दै उक्त राहत रकमले भूकम्प प्रभावित क्षेत्रमा उद्दार र राहत मा थप सहयोग पुगोस् भन्ने उद्देश्यले कोषमा रकम प्रदान गर्ने निर्णय गरेको हो ।

बिपत्तिमा आफ्ना परिबारका सदस्य गुमाउनुहुने हरु प्रति हार्दिक समवेदना प्रकट गर्दै , घाइते हुनुभएको हरुलाई शीघ्र स्वास्थ्य लाभको कामना सहित देशमा दैबिक बिपत्ति परेको समयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तै सहयोग र सद्भाव रहिरहने जि.एम.ई रेमिटका प्रबन्ध निर्देशक दिवाकर पौडेलले जानकारी गराए ।

जि.एम.ई रेमिट कोरिया, जापान, मलेसिया , जि.सि.सि, युरोप,अमेरिका लागाएत बिश्वको विभिन्न ठाउँबाट नेपालमा रेमिटन्स भित्र्याउँदै आएको एक अग्रणि संस्था हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सबै प्लेटफर्मका लौयल्टी प्वाइन्ट फोनपोइन्ट्समा, ईसेवासँग सम्झौता

काठमाडौं । एकीकृत लौयल्टी म्यानेजमेन्ट प्लेटफर्म फोनपोइन्ट्स र ईसेवाबीच एक सम्झौता भएको छ । यस …

प्रतिकृया दिनुहॊस