करेन्ट लागेर झापाका दुई जनाको मृत्यु

काठमाडौं । झापाका छुट्टाछुट्टै स्थानमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । झापाको दमक नगरपालिका–३ स्थित खोल्सीमा निर्माण भइरहेको पुलमा काम गर्ने कामदार भोजपुर नगरपालिका–११ का ४५ वर्षीय चंखबहादुर सार्कीको सोमबार साँझ करेन्ट लागेर मृत्यु भएको हो ।

मोटरबाट पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर सिकिस्त घाइते भएका उनको मोरङको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसैगरी, कन्काइ नगरपालिका–३ स्थित घरमा टिनको छाना लगाउने क्रममा कन्काई–६ का ३६ वर्षीय रामकुमार श्रेष्ठलाई फलामे रड बोक्ने क्रममा बिजुलीको तारमा छोइँदा करेन्ट लागेको थियो । सिकिस्त अवस्थाका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाको आन्दोलन जारी, आज माइतीघरमा प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि काठमाडौं केन्द्रित विरोध प्रदर्शनलाई जारी राख्ने …

प्रतिकृया दिनुहॊस