सिटी एक्सप्रेसले भूकम्प प्रभावितलाई २५ लाख सहयोग गर्ने

काठमाडौँ । सिटी एक्सप्रेस ग्रुपले भूकम्पपीडितका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ।

भूकम्पबाट प्रभावित भएकाहरूका लागि कम्पनीले २५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने निर्देशक महेशकुमार श्रेष्ठले जानकारी दिए।

गत शुक्रवार राति कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा जनधनको क्षति गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप