माछापुच्छ्रे बैंकको नाफा ३८ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा माछापुच्छ्रे बैंकले झण्डै ३८ प्रतिशत नाफा बढाएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामामा ३८ करोड ६९ लाख रुपैयाँ खुदनाफा गरेको हाे ।

गत आवको सोही अवधिमा बैंकको नाफा २८ करोड रुपैयाँ थियो । गत आवको तुलनामा यो आवमा नाफा १० करोड रुपैयाँ बढेको बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । ब्याज आम्दानी झण्डै ३ अर्ब रुपैयाँ बढाउँदा नाफामा उत्साहजनक प्रगति देखिएको छ । पहिलो त्रैमासमा बैंकले ८४ करोड २५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको आम्दानी ५६ करोड ९७ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.४७, निक्षेप लागत ७.९९, आधारदर ११.२१ प्रतिशत रहेको छ । कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) ७८.९२ प्रतिशत रहेको बैंककाे भनाइ छ । बैंकको प्रतिसेयर आम्दानी बढेर १८ रुपैयाँ ४६ पैसा पुगेको छ । समीक्षा अवधिमा बैंकले ७७ अर्ब ९८ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा ६० अर्ब ३० करोड रुपैयाँ थियो ।

बैंकले ७१ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ५४ अर्ब ९२ करोड रुपैयाँ लगानी गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस