काठमाडौँ । विमानस्थलमै दुई पाइलटबीच झगडा हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ । सो क्रममा विमानस्थलका प्रमुख अशोक थापा निलम्बनमा परेका हुन् ।
प्राधिकरणका अनुसार यस विषयमा अनुसन्धान अगाडि बढाइएको छ । यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुई पाइलटलाई ग्राउण्डेड गरेको छ ।
प्राधिकरणका अनुसार तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको हो । शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएपछि दुई पाइलटबीच हात हालाहालको अवस्था आएको थियो ।
तपाईंको प्रतिकृया




