युएईले नेपाललाई दियो १३५ रनको लक्ष्य

काठमाडौँ । युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ । टी-२० विश्वकप छनौटको सेमिफाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन बनाएको हो ।

युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाएका थिए । त्यस्तै कप्तान मोहमद वासिमले २६, आलिशान शाहराफुले १६, असिफ खानले १३ रन बनाएका थिए ।

नेपाली बलर कुशल मल्लले सर्वाधिक ३ विकेट लिएका थिए भने सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र रोहित पौडेलले एक एक विकेट लिएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री