सीबीफीनद्वारा एभरेष्ट बैंकका अध्यक्षको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले नेपालको बैंकिङ क्षेत्रका अग्रज एभरेष्ट बैंकका संस्थापक एवं अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएकोमा दुःख व्यक्त गरेको छ । सीबीफीनले विज्ञप्ति जारी गर्दै उनको अवसानले नेपालको बैंकिङ क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएको हो ।

विज्ञप्तिमा ‘कुशल नेतृत्व क्षमता, नवीन एवं दूरदर्शी सोचहरूलाई नेपालको बैंकिङ क्षेत्रमा लागू गर्दै गर्दै निरन्तरको योगदानबाट एभरेष्ट बैंक दिगो, अब्बल र विश्वासिलो बैंकको रुपमा स्थापित हुन सफल भएको तथा भारतीय पञ्जाव नेशनल बैंकलाई ज्वाइन्ट भेञ्चरकोरुपमा नेपालमा प्रथम पटक सफलतापूर्वक भित्र्याएका श्रेष्ठको उक्त पहलले बैंकलाई थप उचाइमा पुर्‍याएको’ उल्लेख छ ।

‘श्रेष्ठले नेपालको बैंकिङ क्षेत्रमा पुर्‍याएको अमूल्य योगदानहरूप्रति खुला हृदयले उच्च सम्मान व्यक्त गर्दछौँ,’ सीबीफीनले भनेको छ । श्रेष्ठको ९४ वर्षको उमेरमा गत कात्तिक ६ गते मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्राइम कमर्सियल बैंकले गर्‍यो रक्तदान कार्यक्रम

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरीलगायत प्रादेशिक कार्यालयमा आयोजना …

प्रतिकृया दिनुहॊस