विपिनको सकुशल घर फिर्तीको कामना गरेको छु : महासचिव गुटेरस

काठमाडौंं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले इजरायल-हमास युद्धमा बेपत्ता भएका विपिन जोशीको सकुशल घर फिर्तीको कामना गरेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटेपछिको सम्बोधनमा गुटेरसले बन्धक बनाइएकाहरूलाई हमासले विनाशर्त रिहा गर्नुपर्ने बताए । ‘हमासको आक्रमणमा परि निधन भएका १० विद्यार्थीहरूको परिवारप्रति हार्दिक समवेदना छ,साथै हराइरहेका विपिन जोशी सकुशल घर फिर्ता होउन् भन्ने कामना छ,’ पत्रकार सम्मेलनमा गुटेरसले भनेका छन् ।

उनले अन्तर्राष्ट्रिय मानवीय कानुनहरूको सबै पक्षबाट पालना हुनुपर्ने बताए । उनले हजारौं माइल परको मध्यपूर्वमा भएको हिंसाले नेपालीलाई पनि प्रत्यक्ष असर पारेको भन्दै दुख व्यक्त गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पूर्वराजा ज्ञानेन्द्रद्वारा बाढी पहिरोको क्षतिप्रति दुःख व्यक्त

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । विज्ञप्तिमार्फत …

प्रतिकृया दिनुहॊस