झाडी सफाइका नाममा रुख ढालियो, उद्योग वाणिज्य संघका अध्यक्ष र शिक्षक पक्राउ

काठमाडाैँ । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी बैशाखा भन्सार कार्यालय परिसरमा सरसफाइका नाममा रुख कटानी गरेपछि वनले फेरी दुई जनालाई पक्राउ गरेको छ । सव डिभिजन वन कार्यालय कुण्डाले बैशाखा झाडी सरसफाइ रुख कटानी प्रकरणमा दुई जना आरोपितलाई पक्राउ गरेको हो ।

बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिंह विष्ट एवं पूर्व शिक्षक केशवराज जोशीलाई पक्राउ गरेको वनले जनाएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले झाडी सरसफाइका नाममा रूख काटेको प्रकरणमा हिरासिंह विष्ट र केशवराज जोशीलाई पक्राउ गरिएको बताए ।

यसअघि बेलौरी नपा ६ का वडाध्यक्ष भोजराज चौधरीलाई पक्राउ गरेर हाजिरी जमानीमा छाडिएको थियो । अर्का आरोपी मदन सिंह बोहरा भने फरार रहेको वनले जनाएको छ । उक्त प्रकरणको सव डिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेशकुमार यादवले जिम्मेवारी पाएका थिए ।

गोलिया ११९ क्युफिट र दुई चट्ठा दाउरा वनले नियन्त्रण लिएको थियो । उनीहरू पाँचै जना विरुद्धमा बिना इजाजत रुख बिरुवा काटेको विषयमा मुद्दा दायर भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जाल प्रेस काउन्सिलको निगरानीमा, फेसबुक पेजमा ठेगाना खुल्नुपर्ने

काठमाडौं । प्रेस काउन्सिल नेपालले फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामग्रीमाथि निगरानी थालेको छ । …

प्रतिकृया दिनुहॊस