फाइल फोटो

उपप्रधानमन्त्री श्रेष्ठलाई चीनमा हृदयाघात

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी बेइजिङस्थित एक अस्पतालमा भर्ना भएका हुन् ।

चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ । बेइजिङमा रहेका गृहमन्त्री श्रेष्ठलाई छाती दुखेपछि अस्पताल भर्ना गरिएको थियो । हाल उनलाई निगरानीका लागि आइसियुमा राखिएको छ ।

सचिवालयका अनुसार उनी अहिले खतरामुक्त छन् । उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा असोज २९ गते चीन गएका थिए ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले अनुदानमा मात्रै परियोजना अघि बढाउने : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले हाल ऋण लिन नसक्ने स्पष्ट पार्दै चीनसँग …

प्रतिकृया दिनुहॊस