त्रिदेशीय सिरिजमा नेपालको विजयी सुरुवात

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । नेपालले त्रिदेशीय टी २० आई सिरिजमा यूएईलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ। मूलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले जितका लागि पाएको १ सय ४१ रनको लक्ष्य १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो।

नेपालको जितमा कप्तान रोहित पौडेल ४० बलमा ५ चौकासहित ५१ रनमा नट आउट रहे। रोहितले मोहम्मद जवादुल्लाहलाई अन्तिम बलमा चौका हान्दै अर्धशतक पूरा गरेका थिए। दीपेन्द्रसिंह ऐरी २३ बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा नट आउट रहे।

चौथो विकेटका लागि दीपेन्द्र र रोहितले ९३ रनको अविजित साझेदारी गरेका थिए। ओपनर कुशल भुर्तेल १४ बलमा १ चौकासहित १४ रनमा आउट भएका थिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो। यूएईका बासिल हामिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाएका थिए। नेपालले दोस्रो खेल बिहीबार हङकङसँग खेल्नेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यूएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट

काठमाडौं । नेपाल आइसिसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएको छ । बुधबार एसिया छनोटमा आयोजक यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक विश्वकपमा छनोट भएको हो । सन् २०२२ को छनोटमा नेपाल तेस्रो भएको थियो । यसपालि भने नेपालले उक्त प्रदर्शनमा सुधार गर्दै इतिहास रच्यो ।

प्रतिकृया दिनुहॊस