कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत हासिल गरेका छन् । विराटनगरस्थित प्रदेश सभामा बुधबार सम्पन्न बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको पक्षमा ८६ मत हासिल गरेका हुन् ।

९१ जना प्रदेश सभाको उपस्थितिमा भएको मतदानमा उनको विपक्षमा ५ जना रहेका थिए । यससँगै कार्की प्रदेशको दोस्रो संस्करणको सरकारमा पाचौं मुख्यमन्त्री भएका छन् ।

मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम ४७ जना प्रदेश सभासदस्यको साथमा असोज २६ मुख्यमन्त्रीको दाबी गरेका थिए । ८ जना काँग्रेस प्रदेश सभासदस्य र ३९ जना नेकपा एमालेको समर्थनमा दाबी गरेका कार्कीलाई २७ गते प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

त्यसैगरि, प्रदेश प्रमुख खापुङले कार्कीलाई असोज २८ गते घटस्थापनाको दिनमा मुख्यमन्त्रीको सपथ ग्रहण गराएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नआत्तिनुहोस्, आर्थिक सुधारको काम हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।

प्रतिकृया दिनुहॊस