बझाङमा मध्यरात अर्को भूकम्प

bhukampa bajhabg/बझाङको चैनपुर केन्द्रबिन्दु भएर फेरि भूकम्प

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर गएराति फेरि भूकम्प गएको छ । भाटेखोला आसपास केन्द्रबिन्दु बनाएर मध्यराति १२:२२ बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिमका अन्य जिल्लामा पनि महसुस गएिको छ । मध्यराति भूकम्प जाँदा मानिसहरु त्रसित हुँदै घरबाहिर निस्किएका थिए ।

बझाङमा १६ असोजमा ६.३ रेक्टर स्केलको भूकम्प गएपछि लगातार परकम्पहरु गइरहेका छन् । १६ असोजमा गएको भूकम्पको कारण बझाङ एक जनाको मृत्यु हुनुका साथै ३० जना भन्दा धेरै घाइते भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री