इजरायलबाट स्वदेश आइपुगिन् सावित्रा भण्डारी

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) स्वदेश फर्किएकी छन् । व्यवसायिक फुटबलका लागि इजरायलमा रहेकी साम्बा द्वन्द्व बढेपछि स्वदेश फर्किएकी हुन् ।

मंगलबार रातिको उडानमा इजरायलबाट उडेकी साम्बा थाइल्याण्ड हुँदै बुधबार राति काठमाडौं आइपुगेकी हुन् । उनी वुमन्स लिग क्लब हापोयल रानानामा आबद्ध छन् । युइएफएले इजरायलको वर्तमान सुरक्षालाई ध्यानमा राख्दै २ साताका लागि इजरायलमा निर्धारित सबै खेलहरु स्थगित गरेको छ ।

प्यालेस्टिनी लडाकु समूह हमासले शनिबार बिहान आक्रमण गरेपछि इजरायल अहिले द्वन्द्वमा छ । हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोपा अमेरिकाका लागि अर्जेन्टिनी टोली घोषणा, को-को परे ? (सूचीसहित)

काठमाडौं । कोपा अमेरिका २०२४ का लागि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले २९ सदस्यीय प्रारम्भिक टोली घोषणा …

प्रतिकृया दिनुहॊस