rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

आजको पञ्चाङ्ग
वि.सं. असोज २५, २०८० । ई.सं. 12 Oct, 2023 । शक संवत् १९४५ । नेपाल संवत् ११४३ ञलगा । पिङ्गल दक्षिणायन शरद । बिहीबार आश्विन कृष्णपक्ष । तिथि त्रयोदशी १९:४२ बजेसम्म, त्यसपछी चतुर्दशी । नक्षत्र पूर्वफाल्गुनी १२:४१ बजेसम्म, त्यसपछी उत्तरफाल्गुनी । योग शुक्ल ११:३७ बजेसम्म, त्यसपछी ब्रह्म । करण गर ०६:४२ बजेसम्म, त्यसपछी वणिज १९:४२ बजेसम्म, त्यसपछी भद्रा । चन्द्रराशि सिंह । आनन्दादि योग गद । दिनमान ११:३५ । सूर्योदय ६:०२ । सूर्यास्त १७:३७ भद्रा १९:४२ देखि । प्रदोषव्रत, त्रयोदशीश्राद्घ, कलियुगादिः, खलङ्गा(जुम्ला) चन्दननाथको लिङ्गो ठड्याउने । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्य पनि पुरा होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । नजिकैका व्यक्तिबाट साथ र सहयोग पनि पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज लाभहानी, सुखदुःख बराबरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । ज्ञानमा वृद्धि पनि हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कुनै समाचारले मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाइनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । शुभकार्यको चर्चा चल्नेछ । पुँजी बजारले साथ दिनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कुनै शुभ समाचारले मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुबिधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा वृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । हाम्रो/नेपाली पात्रोबाट

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पार्टी कार्यालय आउन कार्यकर्तालाई रास्वपाको सर्कुलर, आन्तरिक छलफलमा रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने भएपछि आकस्मिक बैठक बोलाइएको छ …

प्रतिकृया दिनुहॊस