सुरेश देवकोटा बने नबिल सेक्युरिटिजको सिइओ

काठमाडाैं । नबिल सेक्यूरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् । उनी नबिल बैंक लिमिटेडको सहायक कम्पनी रहेको नबिल सेक्यूरिटिजमा चार वर्षको लागि सिइओमा नियुक्त भएका हुन् ।

सेक्यूरिटिजको संचालक समितिले आज (२०८० असोज २१ गते)देखि लागु हुनेगरि चार वर्षकोलागि कार्यकारी प्रमुखमा नियुक्त गरेको हो । करिब दुई दशक लामो बैकिङ्ग क्षेत्रको अनुभव हासिल गरेका देवकोटा यसअघि नबिल बैंकको प्रमुख लगानी अधिकृतको रुपमा कार्यरत रहेका थिए ।

उनीसँग नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, नेपाल लेखामान बोर्ड, देवकोटाले नेपाल ग्रामीण विकास बैंक, आईएमई जनरल इन्स्योरेन्स लगायतका संस्थाहरुमा काम गरेका अनुभव छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई ज्योति विकास बैंकको कृत्रिम हात हस्तान्तरण

काठमाडौं । ज्योति विकास बैंकले ई नेबल नेपाल नामक संस्थासँगको सहकार्यमा छ जना बालबालिकालाई थ्री …

प्रतिकृया दिनुहॊस