पश्चिमबाट बाहिरियो मनसुन, यस्तो छ तीन दिनको पूर्वानुमान

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । नेपालबाट यो वर्षको मनसुन बाहिरिन थालेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू-भागबाट मनसुन बाहिरिन सुरु भएको हो ।

शुक्रबार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू-भागबाट मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको विभागले बताएको छ । नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ हो । यो वर्ष पनि केही दिन ढिलोबाट मनसुन बाहिरिन सुरु भएको हो ।

विभागकाअनुसार नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ । कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पार्टी कार्यालय आउन कार्यकर्तालाई रास्वपाको सर्कुलर, आन्तरिक छलफलमा रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने भएपछि आकस्मिक बैठक बोलाइएको छ …

प्रतिकृया दिनुहॊस