विश्वासको मत पाउलान् त मुख्यमन्त्री कार्की ?

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची छ ।

गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा (३) अनुसार उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

तर, कार्कीले विश्वासको मत पाउने आधार अहिलेसम्म देखिएको छैन । उनले विश्वासको मत लिन नेपाली कांग्रेस (२९), माओवादी (१३), नेकपा (एकीकृत समाजवादी) (४) मध्ये कुनै एक दललाई आफूतिर तान्नुपर्छ । जसपाको १ मत पाएर पनि उनले विश्वासको मत लिन सक्दैनन् ।

गठबन्धनमा रहेका कुनै पनि दलले अहिले सरकारलाई विश्वासको मत दिने संकेत गरेका छैनन् । गठबन्धनमा रहेका कांग्रेस माओवादी, एकीकृत समाजवादी र जसपाले नै अहिलेको सरकारलाई विश्वासको मत नदिने संकेत गरेका छन् । अहिलेको सरकारलाई विश्वासको मत नदिने माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङबो बताउँछन् । कांग्रेस संसदीय दलको बैठकले वर्तमान सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । राप्रपाले समेत विश्वासको मत नदिने बताइरहेको छ ।

यसअघि प्रदेशसभामा एमालेको उपसभामुखसहित ४० र राप्रपाको ६ मत गरी मुख्यमन्त्री कार्कीले ४६ मत पाएका थिए । यसपटक उपसभामुखले मत हाल्न पाउने छैनन् । उनले प्रदेशसभा बैठक चलाउनु पर्ने हुन्छ ।

एमालेसँग ३९ मत मात्रै छ । मुख्यमन्त्री कार्कीले राजीनामा दिने सम्भावनासमेत रहेको एमाले नेताहरूले बताएका छन् । विश्वासको मत लिने कि राजीनामा गर्ने भन्ने विषयमा छलफल भइरहेको एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीले बताए । सरकार गठनका लागि भने बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ ।

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पार्टी कार्यालय आउन कार्यकर्तालाई रास्वपाको सर्कुलर, आन्तरिक छलफलमा रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने भएपछि आकस्मिक बैठक बोलाइएको छ …

प्रतिकृया दिनुहॊस