एभरेष्ट बैंकद्वारा १०० बढी चालकहरूलाई वित्तीय साक्षरता तथा क्युआर कोड हस्तान्तरण

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडद्घारा नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि तिलोत्तमा रुपन्देहीलाई वित्तीय साक्षरता तथा क्युआर कोड हस्तान्तरण गरेको छ ।

लुम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीमा आयोजित एक विशेष कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि का ५५ भन्दा बढी सदस्यहरूलाई क्युआर कोड हस्तान्तरण गरे ।

तिलोत्तमा नगरपालिकाका उप–प्रमु जागेश्वर देवि चौधरीले एभरेष्ट बैंकको यस वित्तीय साक्षरता तथा क्युआर कोड हस्तान्तरण कार्यले सर्वसाधरणहलाई सरल तथा सुरक्षित बैंकिङ्ग सुविधा उपलब्ध हुने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत खलिङले लुम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीका सर्वसाधारणहरू माझ यसरी वित्तीय साक्षरता प्रदान गर्न पाउँदा खुसी लागेको बताए ।

उनले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि सँग आबद्ध ५५ भन्दा बढी चालकहरूलाई क्युआर कोड हस्तान्तरण गरिएकोमा यसले निजहरूलाई नगद कारोबार बाट झन्झट मुक्त हुने र व्यापार प्रवर्द्धनमा समेत सहयोग पुग्ने बताए ।

आगामी दिनमा यस्ता गतिविधिलाई थप प्रोत्साहन तथा निरन्तरता दिने उल्लेख गरे ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख सतेन्द्र राज सुवेदी तथा एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रतीले १०० जना भन्दा बढी टेम्पो तथा इ–रिक्सा चालक र महिला उद्यमी दिदीबहिनीहरूलाई वित्तीय साक्षरता सचेतना प्रदान गरे ।

सो वित्तीय साक्षरता सचेतना कार्यक्रममा उप्रेतीले स–साना बचतले पनि भविष्यमा आइपर्ने जोखिम व्यवस्थापन गर्न मद्दत पुग्ने बताए ।

यस बैंकले नेपाल सरकारको राजस्व सङ्कलनको लागि ३२ वटा सङ्कलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई ज्योति विकास बैंकको कृत्रिम हात हस्तान्तरण

काठमाडौं । ज्योति विकास बैंकले ई नेबल नेपाल नामक संस्थासँगको सहकार्यमा छ जना बालबालिकालाई थ्री …

प्रतिकृया दिनुहॊस