एसपीएका चार विद्यार्थीले पाए बैंकक र कतारका पाँच तारे होटलमा ‘पेड इन्टर्नसिप’

धनगढी । एसपीए कलेजमा बीएचएम अध्ययनरत चार विद्यार्थीहरूले थाइल्याण्डको बैंकक र कतारको दोहाका पाँच तारे होटेलहरूमा पेड इन्टर्नसिपको अवसर पारेका छन् ।  बीएचएम दोस्रो ब्याचका विद्यार्थीहरू दीपक सोडारी र ताराबहादुर थारुले बैंककस्थित मर्कुयर होटल, विनोद चौधरीले द क्वार्टा राउमुर्दी र विवेक शाहीले दोहाको लो रोयर मेरिडेन होटेलमा पेड इन्टर्नसिपको अवसर पाएका हुन् ।

ती फाइभस्टार होटेलहरूमा विद्यार्थीले काम सिक्दै आकर्षक पारिश्रमिक पनि पाउनेछ ।  यसबाहेक विद्यार्थीहरूले दुबई, बहिराईन, मलेसिया, माल्दिभ्स, भारत र नेपालकै विभिन्न फाइभस्टार होटेलहरूमा इन्टर्नसिपको अवसर पाइसकेका छन् ।

कम्तीमा पढ्दापढ्दै विद्यार्थीहरूले आफ्नो शैक्षिक शुल्क आफै तिर्न सक्ने बनाउने र भविष्य सुनिश्चित गरिदिने एसपीएको नीति अनुसार विद्यार्थीलाई जब प्लेसमेन्टको व्यवस्था गरिदिन लागिएको क्याम्पस प्रमुख योगराज उपाध्यायले बताए ।  ‘हामीले एसपीएका विद्यार्थीलाई ग्लोबल सिटिजन्सको रुपमा अध्ययन अध्यापन गराइरहेका छौँ । संस्कार र अनुशासनयुक्त सँगसँगै पसिना र कर्ममा विश्वास गर्ने बनाएकै कारण उहाँहरू विश्वका विभिन्न कुनामा पुग्न सफल हुनुभएको छ । नयाँ इन्टर्नसिपको अवसर पाउँदै सुनौलो भविष्य स्थापना गर्न सफल विद्यार्थीहरूलाईं हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु’ उपाध्यायले भने ।

एसपीएका बीएचएम कार्यक्रम निर्देशक डिल्लीराज भण्डारीले इन्टर्नसिपका लागि छनौट भएका विद्यार्थीलाई बधाई दिँदै विकसित देशको पाँचतारे होटलमा काम गर्ने अवसर पाउनु निकै ठूलो उपलब्धिका साथसाथै भविष्य सुनिश्चित भएको आधार भएको बताए ।

‘विकसित त्यहाँको फाइभस्टार होटेलमा पेड इन्टनसिपको अवसर पाउँछु भनेको विद्यार्थीहरूहरुको भविष्य सुनिश्चित भएको ग्रिन सिंग्लन पनि हो,’ उनले भने, ‘पढे अनुसारको अभ्यास तथा सीप हासिल गर्नका लागि यी होटल विश्वकै उत्कृष्ट गन्तव्य हुन् । यहाँ पढेअनुसारको संस्थागत संरचना र व्यावसायिक संस्कार प्रत्यक्ष अनुभव गर्न पाइन्छ । जहाँ उनीहरूले विश्वको तौरतरिका अनुसार काम गर्ने, सिक्ने एक्सोजर पाउँछन् । विद्यार्थीहरूको सिक्ने चाहनालाई कलेजले भरपुर मिहिनेत गरेर यथार्थमा बदलिदिएको छ । यसबाट हामी अन्त्यतै खुसी छौँ ।’

त्रिवि अन्तर्गतको बीएचएम अध्ययन हुने एसपीए एकमात्रै कलेज हो । हाल एसपीए कलेजमा नयाँ शैक्षिक शत्रका लागि भर्ना कार्यक्रम चलिरहेको भण्डारीले जनाए । १२ मा जुनसुकै विषय अध्ययनरत विद्यार्थीहरूले बीएचएम अध्ययन गर्न पाउँछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

प्रतिकृया दिनुहॊस