श्रम समितिको सभापतिमा जेबी टुहुरे

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जुठबहादुर खड्गी (जेबी टुहुरे) संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिको सभापतिमा निर्वाचित भएका छन् । समितिको बिहीबार बसेको बैठकले सांसद खड्गीलाई सभापतिमा निर्विरोध निर्वाचित गरेको हो ।

यसअघि माओवादी केन्द्रकै प्रभु शाह यो समितिको सभापति थिए । नयाँ सरकार गठनसँगै उनी सहरी विकासमन्त्री भएपछि सभापति पद रिक्त थियो । आजको समितिको बैठकमा कांग्रेसका भरतबहादुर खड्काको प्रस्ताव र माओवादी केन्द्रका गणेशमान पुनको समर्थनमा खड्गी निर्विरोध सभापतिमा चुनिएका हुन् । एमालेले पनि उम्मेदवारी दिएको थिएन ।

अनलाइनखबरबाट

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

सप्तकोशी नदी किनारमा महिला र पुरुषको शव फेला

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोशी नदी किनारामा एक महिला र एक पुरुषको शव फेला …

प्रतिकृया दिनुहॊस