xura-prahar/गौशालामा चक्कु प्रहार गरिएका हुसेनको अवस्था गम्भीर
सांकेतिक तस्बिर

गौशालामा चक्कु प्रहार गरिएका हुसेनको अवस्था गम्भीर

काठमाडौँ । काठमाडौँको गौशालाको पिके डायग्नोस्टिक सेन्टर सञ्चालक साजन हुसेन माथि चक्कु प्रहार भएको छ । उनी बाराकाे कलैया न.पा.२१ घर भई हाल काठमाडौँ कोटेश्वर बस्दै आएका थिए ।

अनुमानित ३८ वर्षको साविर हुसेन उपर एक अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी फरार भएका छन् । हाल उनको के.एम.सि अस्पतालमा उपचार भईरहेको छ । उनको दाहिने तिघ्रा र ढाडमा चोट लागेको छ । उनी बोल्न नसक्ने अवस्थामा छन् ।

प्रहरीद्वारा घटनास्थलबाट कटुवा थान–१, गोली थान–१ र चक्कु थान–१ बरामद गरिएको छ । उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा

काठमाडौं । सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले जिल्ला अदालत काठमाडौंमा धरौटी बापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

प्रतिकृया दिनुहॊस