४९ प्रतिशत सेयरका साथ एसियन लाइफ बन्यो यति एयरलाइन्सको साझेदार

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनी यति एयरलाइन्समा साझेदारी बन्न एसियन लाइफ इन्स्योरेन्स कम्पनीलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ । एसियनले यति एयरलाइन्समा ४९ प्रतिशत लगानी गर्न मागेको अनुमतिलाई शुक्रबार स्वीकृति दिइएको हो ।

एसियानले प्रस्ताव गरेको लगानी योजना जीवन बीमा कम्पनीको लगानी निर्देशिकाभित्रै भएकोले स्वीकृति दिएको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । ‘प्राधिकरणसमक्ष एसियनले ४९ प्रतिशतले हुने आउने १ अर्ब ७५ करोड रुपैयाँ लगानीको लागि अनुमति मागेको थियो,’ उनले भने, ‘प्राधिकरणले अनुमति दिएकोले अब सम्बन्धित कम्पनीसँग लगानी गर्न हाम्रो तर्फबाट बाटो खुला भएको छ ।’

newsdainik 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस