लिटमस केबल्सले ल्यायो ‘वायरिङ दमदार, घर सानदार’ योजना

काठमाडौं । लिटमस केबल्सले नजिकिँदै गइरहेको चाडपर्वको अवसर पारेर आफ्ना उपभोक्तालाई लक्षित गरी ‘वाइरिङ दमदार, घर सानदार’ नामक योजना ल्याएको छ । कम्पनीले विभिन्न उपहार सहितको योजना ल्याएको हो ।

योजनाअनुसार पाँचजना भाग्यशाली विजेताले हरेक हप्ता ड्रिल मेसिन, राइसकुकर, एयरड्रप्स, र स्मार्ट वाचजस्ता विद्युतीय सामान जित्ने मौका पाउने जनाइएको छ ।

लक्की ड्रमा समावेश हुन ग्राहकले न्यूनतम ३५ हजार रुपैयाँको लिटमस केबल खरिद गरी त्यसको भ्याट बिलसहित लिट्मस केबलले वायरिङ गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी सहभागी हुनुपर्ने जनाइएको छ । योजना ३० कात्तिकसम्म लागू हुने जनाइएको छ ।

समेश कर्पअन्तर्गतको कम्पनी लिटमस इन्डस्ट्रिज लिमिटेडले अत्यधुनिक जर्मन प्रविधि प्रयोग गरी तार, केबल तथा कनेक्टरको उत्पादन गर्दै आएको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

तीजको दिन सुनको भाउ हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अघिल्लो दिन स्थिर …

प्रतिकृया दिनुहॊस