काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा डाक्टरमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएको छ । आइतबार दिउँसो केएमसी अस्पतालमा कार्यरत डा. मनिष खड्कामाथि कुटपिट गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रहरी वृत्त गौशालामा उजुरी दिएको हो ।
डाक्टर कुटपिट गरेको आरोपमा यसअघि दुई जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा गुल्मी घर भई काठमाडौँको चाबहिल बस्ने २२ वर्षीय रूपक गौतम र सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतम छन् ।
उनीहरू ओपिडीमा आएका थिए । तर डा. मनिष खड्काले लाइनमा बस्न भनेपछि कुटपिट गरेको आरोप छ । कुटपिट गरेको भन्दै चिकित्सकहरू आन्दोलित छन् ।

तपाईंको प्रतिकृया




