अभिनेता अनमोल केसी प्रहरी नियन्त्रणमा

काठमाडौँ । अभिनेता अनमोल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रेपलाञ्चोकको साँगाबाट पक्राउ गरेको हो ।

उनीमाथि आर्थिक ठगी गरेको उजुरीपछी अदालतबाट अनुमति लिएर प्रहरीले पक्राउ गरेको हो । चलचित्र ‘रावायण’मा काम गर्ने सहमति जनाएर अन्तिम अवस्थामा धोका दिएपछि केसीविरुद्ध निर्देशक-निर्माता सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्म्सले उजुरी हालेको थियो । उजुरी आएपछि अपराध अनुसन्धान कार्यालयले केसीलाई छलफलका लागि कार्यालयमा बोलाएको थियो ।

तर उनले अटेरी गर्दै फिल्म सुटिङमा लागेका थिए । उजुरीबारे छलफलका लागि प्रहरी कार्यालयमा बोलाउँदा पनि नआएपछि प्रहरीले पक्राउ पुर्जी लिएर उनलाई शुक्रबार पक्राउ गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री