एमाले बाग्मतीको अध्यक्ष चुन्न साढे ११ बजेदेखि मतदान (निर्वाचन तालिका)

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि शुक्रबार बिहान साढे ११ बजेदेखि साढे पाँच घण्टा मतदानको समय निर्धारण भएको छ । निर्वाचन कमिटीले अघिल्लो निर्वाचन कार्यतालिका संशोधन गर्दै नयाँ सार्वजनिक तालिका सार्वजनिक गरिएको हो ।

सार्वजनिक कार्यतालिका अनुसार शुक्रबार बिहान ११ बजेदेखि साढे ५ बजेसम्म ६ घण्टा मतदानका लागि समय निर्धारण गरेको हो । मतदानपश्चात् शुक्रबार नै मतपरिणाम घोषणा गर्ने तयारी गरेको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जनाएका छन् ।

एमाले बागमतीमा अध्यक्ष पदमा रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्णप्रसाद दाहालबीच प्रतिस्पर्धा हुँदैछ ।

1

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । जिल्ला अदालत, कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रतिकृया दिनुहॊस