भारत हुँदै कोरिया जान्छु भन्ने दुई किशोरीको उद्धार

काठमाडौँ । कञ्चनपुरको बेलौरी नगरपालिकाबाट दुई किशोरीको उद्धार गरिएको छ। बेलौरी-१० स्थित भुडा चौकीबाट खटिएको प्रहरी टोलीले भारतीय बजार कम्बोजनगर हुँदै भारत पस्न तयार भएका दुई किशोरीको उद्धार गरेको हो ।

बेलौरी-१ बस्ने उनीहरूमध्ये एकजनाको उमेर १४ र अर्कीको उमेर १३ वर्ष रहेको बताइएको छ । प्रहरीले शंकाको आधारमा सोधपुछ गर्दा दुवैले भारत हुँदै कोरिया जान लागेको बताएका थिए । कसैबाट ठगिएको अथवा झुक्काइएको हुनसक्ने भन्दै प्रहरीले दुवै जनालाई उद्धार गरी आफन्तको जिम्मा लगाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दम्पतीको हत्या घटना : घरमा थियाे अढाई लाख नगद

काठमाडाैं । कञ्चनपुरमा सोमबार बिहान एक दम्पती मृत भेटिएका छन् । लालझाडी गाउँपालिका–१ बिनवारीका ४५ …

प्रतिकृया दिनुहॊस