घट्दै सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । बिहीबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले घटेको हो ।

यसअघि बुधबार पनि सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको थियो । आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले घटेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री