नेपाल प्रहरीका पूर्वमहानिरीक्षकका पीएसओकी श्रीमतीमाथि गोली प्रहार

काठमाडौँ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक ध्रुवबहादुर प्रधानका पीएसओकी श्रीमतीमाथि गोली प्रहार भएको छ ।

उनी आफैँले भुलवश गोली चलाएको र आफैँलाई लागेको हुनसक्ने प्रहरीले जानकारी दिएको छ । असई लक्ष्मण चौधरी पेस्तोल घरमै छाडेर बाहिर निस्किएको बेला घटना भएको हो ।

बुधबार साँझ महाराजगन्जस्थित निवासमै गोली लाग्दा उनी घाइते भएकी हुन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दसैँ टीकाको शुभसाइत कुन देश/स्थानमा कहिले ?

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ । धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन गरिएको हो ।

प्रतिकृया दिनुहॊस