रास्वपाले बोलायो संयुक्त बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको संयुक्त बैठक आह्वान गरेको छ । बैठक आज अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको हो ।

संविधान दिवसको दिन राष्ट्रपतिबाट दिइएको जेल सजाय छुट र जिल्लामा परिचालित नेताहरुको रिपोर्टबारे छलफल हुनेछ । रास्वपाले राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ६७० जनाको बाँकी जेल सजाय छुट दिने निर्णय गरेका थिए ।

यो निर्णयबाट जन्मकैदको सजायँ पाएका नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकाल लगायतले उन्मुक्ति पाएका थिए । जनताको आवाज सुन्न भन्दै १९ जिल्लामा खटिएका नेताहरुको ब्रिफिङबारे पनि छलफल हुने छ ।

रास्वपाले ३ असोजदेखि ७ असोजसम्म १९ नेतालाई १९ जिल्लामा खटाएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री